ललितपुरमा बसबाट खसेर ४ वर्षीया बालिकाको मृत्यु


काठमाडौं- ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु भएको छ । महांकाल गाउँपालिका-६ ठूलादुर्लुङकी चार वर्षीया आर्या सन्जेलकाे मृत्यु भएकाे हाे  ।

बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका-१० टाखेलमा बा ४ ख ७०४ नम्बरको यात्रुवाहक बस रोक्ने क्रममा सन्जेल खसेकी थिइन् ।

दुर्घटनापछि गम्भीर घाइते सन्जेलको उपचारको लागि बिएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया