कांग्रेस संसदीय दलको बैठक स्थगित


काठमाडौं – आजका लागि बोलाइएको नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । पूर्वमन्त्री एवं संविधानसभा सदस्य सूर्यमान गुरूङको आज अन्त्येष्टि गरिने भएकाले बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ।

गुरूङको बुधबार निधन भएको थियो।  कांग्रेसले आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको थियो । अब बैठक भोलि बिहान ८ः३० बजे ल्होत्से हलमा बस्नेछ।

 

 

 

प्रतिक्रिया