भारतकाे कालुपुर रेल्वे स्टेशनमा मृत भेटिए नेपाली युवक, हत्याको आशंका


काठमाडाैं- भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेशनमा एक नेपाली युवक मृत फेला परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–९ का २५ वर्षीय सागर विक मृत फेला परेका हुन् ।

आफन्तका अनुसार उनी अहमदाबाददेखि पन्जाब जान्छु भनेर ४ दिनअघि कालुपुर रेल्वे स्टेशनबाट हराएका थिए ।

खोजी गर्ने क्रममा टाउकोमा चोट लागेको अवस्थामा उनको शव हिजो(बुधबार) सोही रेलवे स्टेशनमा फेला परेको बताइएको छ । परिवारले हत्याको आशंका गरेको छ । उक्त विषयमा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

विकको परिवार १५ वर्षदेखि पन्जाबमा बस्दै आएका थिए ।

प्रतिक्रिया