प्रचण्ड नेतृत्वकै सरकार निरन्तर अगाडि बढ्छ : माधव नेपाल


काठमाडौं – सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै सरकार निरन्तर अगाडि बढ्ने बताएका छन् ।

आज (बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सरकार अहिले जस्तै निरन्तर चलिरहने दाबी गरे ।

उनले पार्टीले सरकारलाई आगामी नीति तथा कार्यक्रमका साथै बजेटका बारेमा सुझाव दिन लागेको बताए । रोजगारी सिर्जना गर्ने र मुलुकलाई आर्थिकरूपमा सबल गर्ने क्षेत्रलाई प्राथमिकतामा राख्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्ने उनको जोड थियो ।

प्रतिक्रिया