

एस्ट्राजेनेकाले कोरोना भाइरसको खोप फिर्ता लिँदै

काठमाडौं- बेलायतको औषधि बनाउने कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरसको भ्याक्सिन फिर्ता बोलाएको छ । कम्पनीले विश्वभरबाट आफ्नो भ्याक्सजाभेरिया भ्याक्सिन फिर्ता बोलाउने बताएको छ ।
तर एस्ट्राजेनेकाद्वारा लाइसेन्स प्राप्त गरेर भारतीय कम्पनिले बनाएको कोभिशिल्डलाई भने अहिलेसम्म फिर्ता बोलाइएको छैन ।
कोभिशिल्ड भारतमा सीरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको थियो, तर अहिलेसम्म भारतमा कोरोनाको खोप फिर्ता गर्ने निर्णय भएको छैन ।
द टेलिग्राफको रिपोर्टका अनुसार एस्ट्राजेनेकाले खोपको अपडेटेड संस्करण उपलब्ध भएकोले खोपको पुरानो स्टक फिर्ता बोलाइएको दाबी गरेको छ ।

