‘झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला फैलाइएको छ’


काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउँदैछन् भनेर सुनियोजित रूपमा हल्ला फैलाइएको बताएका छन् ।

आफ्नो पार्टीको १०औँ राष्ट्रिय महाअधिवेशनको सम्मुखमा पुगिरहेको उल्लेख गर्दै उनले एक विज्ञप्तिमार्फत केहि अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेको बताएका हुन् ।

‘केहि दिनअघि मात्र तत्कालीन जनता समाजवादी पार्टी नेपाल समेत विभाजित भएको छ । यही सिलसिलामा केहि दिन देखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ । केहि अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो ’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई प्रतिकृयावादीहरू, औसरवादीहरू र पार्टी विरोधी क्षुद्र तत्त्वहरूका अनर्गल प्रचारबाट होसियार बन्न उनले आग्रह गरेका छन् ।

 

 

प्रतिक्रिया