वीर र ट्रमा सेन्टरमा नयाँ निर्देशकको खोजी, प्रतिष्ठान बाहिरबाट नियुक्त गरिए हाजिर गर्न नदिने तयारीमा युनियन


काठमाडौं — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान  वीर अस्पताल र ट्रमा सेन्टरमा नयाँ निर्देशकको खोजि हुन थालेको छ । हालका दुवैतिरका निर्देशकहरुअनियमितता र भष्ट्राचार गरेको आरोप सुनिएपछि प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र, स्वास्थ्य मन्त्रालयमा अस्पताल कै कर्मचारी संघ, संगठन र चिकित्सकहरुले उजुरी गरेपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा छानबिन समिति गठन गरेको छ । उक्त समिति पनि काम गर्ने शिलशिलामा अलमलमा परेको देखिएपनि दुवै ठाउँमा नयाँ निर्देशकको खोजी भएको स्रोतले जनाएको छ ।

फागुन १३ गते परेको विभिन्न उजुरी उपर छानबिनमा वीर अस्पताल र ट्रमा सेन्टरका निर्देशक माथि छानविन भैरहेको छ । तर पनि वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीको पदावधि भोली चैत १ गतेदेखि समाप्त हुने जनाइएको छ । उनको कार्यकालमा कर्मचारी भर्नामा अनियमितता, पैसा लिदै नक्कली मेडिकल बोर्ड सिफारिश गरेको, आफूखुशी मोवाइल र ल्याबटव खरिद, कोभिड उपकरण खरिदमा आफू निकट कर्मचारीको नातेदारसँग महंगोमा खरिद गरेको,कोरना महामारीमा पन्जा, गल्व, पिपिई, सेनिटाइजर महङ्गोमा खरिद गरेको, डोनेशनमा आएको सामान खरिद प्रमुख  भगवती थपलियासँग मिली खरिद गरेको बिल बनाई करोडौ अनियमितता गरेको , अस्पताल अगाडीको औषधि पसल ३ बर्ष देखि बिना टेन्डर कमिसन लिदै सन्चालन गर्ने दिएको जस्ता आरोप लागेका छन् । साथै उनकै कार्यकालमा दुवाकोटको बिस्तारित वीर अस्पतालको डिपिआर आफूनिकटलाई दिन नपाएपछि ८० करोड बजेट फ्रिज गराएकोलगायतका अनियमितता गरी करोडौ अनियमितता गरेको ओरोप छ छ ।

नेकपा एमाले माधव समुहसँग नजिक रहेका उनी यसअघि पाल्पा, गुल्मी दाङ, सखुवासभा, स्वास्थ्य सेवा विभागमा रहदा पनि अनियमितता गरेको आरोप रहेको छ । उनी अहिले पैसा खुवाएरै भए पनि तीन वर्ष म्याद थप्न लागि परेको स्रोतले जनाएको छ । स्वास्थ्य सेवा ऐनको दफा ४५ को उपदफा २  अनुसार नेपाल सरकारले अत्यावश्यक  भएमा  साठ्ठी वर्ष पछि तीन वर्ष कार्यावधि थप्ने प्रावधान रहेसँगै त्यसका लागि लबिङ गर्दै हिँडेको जनाइएको छ ।

निर्देशकका लागि उपकुलपतिको सिफारिसमा हुने नियम रहेसँगै हालका उपकुलपति डा. डिएन शाह भने योग्य र अस्पताल सन्चालन गर्ने सक्ने ब्यक्तिलाई सिफारिश गर्ने तयारीमा छन् । हाल निर्देशकको दौडमा पूर्वनिर्देशक प्रा. डा भुपेन्द्र बस्नेत, आकस्मिक बिभाग प्रमुख डा. बिष्णुबहादुर बस्नेत, नाक कान घाँटी बिभाग प्रमुख डा. दिपेन्द्र श्रेष्ठ, डा रमिला जोशी, डा इन्द्र झा, प्रा डा सुद्दाम्शु के सी, डा सन्जय ठाकुर, डा रूद्र मरासानि र डा दिपक दत्त रहेको जनाइएको छ । तर उपकुलपति डा शाह भने डा. भुपेन्द्र बस्नेत र डा दिपेन्द्र श्रेष्ठलाई सिफारिस गर्ने तयारीमा छन् । उनीहरु मध्ये जो कोही नियुक्त भए पनि संस्थाको हितमा काम गर्ने अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुको ठम्याई रहेको छ ।

त्यस्तै उता ११ तहको  मेडिकल सुपरिडेन्टेन्टको दरवन्दी रहेको ट्रमा सेन्टरमा हाल १० औ तहका सबैभन्दा जुनियर डा सन्तोष पौडेल निमित्त रहेका छन् । उनलाई पनि सेन्टरका गतिविधिमा अनियमितता गरेको आरोप लागेको छ । उनले कर्मचारी भर्नाका साथै विभिन्न मेडिकल उपकरणहरुमा भ्रष्टाचार गरेको मुद्दा अदालतमा रहेको छ ।

ट्रमाको मेसुका लागि ११ औं तहकै कर्मचारी नियुक्त हुनुपर्ने अस्पतालका कर्मचारी एवं स्वास्थ्यकर्मीहरुले बताएका छन् । पौडेललाई अनियमितताको आरोपमा छानबिनकै क्रममा रहेकोले यसपटक उपयुक्त र योग्यव्यक्तिलाई ट्रमा सेन्टरको नेतृत्व दिनुपर्ने बताइन्छ ।

उपकुलपति शाह र कर्मचारीहरू ११तह को बरिष्ठ चिकित्सक  र प्रा डा मध्येबाट ट्रमाको मे सु नियुक्तिको लाई अस्पताल र मन्त्रालयमा भनिरहेका छन् । अव ट्रमा सेन्टरमा डा. रुद्र मरासानि, डा दिपक दत्त र डा राजेश चौधरी मध्ये एक जनालाई नियुक्ति गर्ने तयारी रहेको उपकुलपति स्रोतले जनाएको छ । यी दुवै ठाउँमा प्रतिष्ठानबाहिरबाट नियुक्त गर्न नपाइने प्रावधान रहेको छ । यदि बाहिरबाट नियुक्त गरिएमा हाजिर नै गर्न नदिने कर्मचारी युनियनका एक पदाधिकारीले जनाएका छन् ।

 

 

प्रतिक्रिया