ओलीलाई चुनौती दिँदै नेपाल पक्षले बनायो समानान्तर कमिटी, कसलाई के जिम्मेवारी ? (सूचीसहित)


काठमाडौं – नेकपा एमालेका माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै सातै प्रदेशमा समानान्तर कमिटी विस्तार गरेको छ ।

शुक्रबार नेकपा एमालेका अध्यक्ष ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि त्यसलाई चुनौती दिँदै नेपाल समूहको शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी विस्तार गरेको केन्‍द्रीय सदस्‍य विष्‍णु रिजालले जानकारी दिए । ।

यी हुन् नेपाल पक्षले तोकेका प्रदेश इन्चार्ज

प्रदेश १: भीम आचार्य
प्रदेश २ : घनश्याम भुसाल
वागमती: अष्टलक्ष्मी शाक्य
गण्डकी : सुरेन्द्र पाण्डे
लुम्बिनी र कर्णाली: युवराज ज्ञवाली
सुदूरपश्चिमस् भीम रावल
युवा इन्चार्ज: रघुजी पन्त
विद्यार्थी: गोकर्ण विष्ट
बुद्धिजीवी: प्रमेश हमाल
प्रचार विभाग प्रमुख: योगेश भट्टराई

 

प्रतिक्रिया