राप्रपाले गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने


पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने भएको छ।

प्रदेश सभामा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको छलफलमा बोल्दै राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले विश्वासको मत दिन नसक्ने बताए । गण्डकीमा राप्रपाका २ सांसद छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ३१ सांसदले पक्षमा मतदान गर्नुपर्नेछ ।

नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुख) सहित, नेकपा एकीकृत समाजवादीका १ सांसदको हस्ताक्षरमा अधिकारी मुख्यमन्त्री बनेका हुन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

प्रतिक्रिया