माओवादी केन्द्रको स्थायी कमिटी आज, बादलसमूहलाई कारबाहीको तयारी


काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठकले नयाँ सरकार गठनका लागि अन्य राजनीतिक दलसँग छलफल गर्नुका साथै माओवादी छाडेर एमालेतिर गएका रामबहादुर थापा समूहका नेताहरुलाई माओवादीमै फर्कन आह्वान गर्ने समेत निर्णय गर्ने जनाइएको छ ।

बिहान ९ बजेका लागि बोलाइएको बैठकमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल र सम्भावित समीकरण र माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापालगायत २३ जनालाई माओवादी केन्द्रमा नै फर्कन आह्वान गर्ने माओवादी केन्द्रका एक नेताले बताए ।

मातृ पार्टीमा नै फर्कने मौका दिँदा पनि नफर्किएमा उनीहरूलाई कारबाही गर्ने माओवादी केन्द्रको तयारी छ ।

त्यस्तै बैठकबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘कारबाही’मा परेका एमाले नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायतकालाई अध्यक्ष केपी ओलीले जिम्मेवारी खोस्दै अघि बढेको विषयमा पनि बैठकमा छलफलको तयारी भएको जनाइएको छ ।

 

प्रतिक्रिया