

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं – मन्त्रिपरिषदको बैठक आज बस्दैछ।
बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ।
गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो।
सरकारले जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि सरकारको नीति तथा कार्यक्रम सरकारले ल्याउने छ।
यसबाहेक आजको मन्त्रिपरिषद बैठकमा केही नियुक्ती हुन सक्ने जनाइको छ।

