वनमा लागेको आगो फैलिएर काभ्रेमा १४ घर जले


काठमाडौं – काभ्रेको रोशी गाउँपालिका वडा नं ४ सानोकोटा गाउँमा आगलागीबाट १४ घर जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार नजिकैको वनमा लागेको आगो फैलिएर गाउँमा पुगेको थियो ।

प्रहरी र स्थानीयबासीको सहयोगमा गाउँको आगलागी नियन्त्रणमा आएको भए पनि वनको लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । मानवीय र पशुचौपाया क्षति नभएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया