

सप्तरीमा भीषण आगलागी, जले २ सय घर

काठमाडौं – सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी टोलमा भीषण आगलागी भएको छ।
आगलागीबाट करिब दुई सय घर जलेका छन्।
दिउँसो करिब २ बजे लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन। स्थानीयको सहयोगमा बारुणयन्त्रले आगो निभाउने प्रयास गरिरहेको छ।

