

इलाम पुगेर सुहाङलाई बधाई

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम– २ को उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी भएका सुहाङ नेम्वाङलाई बधाई दिन इलाम पुगेका छन् ।
दिउँसो १ बजे इलाम पुगेका ओलीले सुहाङलाई बधाई दिएका छन् । अहिले इलाम बजारमा सुहाङसहित विजय जुलुस चलिरहेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतले हराउँदै सुहाङ विजयी भएका हुन् । सुहाङले २७ हजार ७७२ मत ल्याउँदा खड्काले २१ हजार ९४२ मत ल्याएका थिए ।
बुवा सुवासचन्द्र नेम्वाङको निधन भएपछि छोरा सुहाङले उपनिर्वाचनमा एमालेको टिकट लिएर जितेका हुन् ।

