

प्रेस युनियन अध्यक्ष लम्सालको प्रश्न, ‘अदालतले प्रेसको स्वतन्त्रता कुण्ठित गर्न मिल्छ ?

काठमाडौं — नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सम्मानित अदालतले प्रेस स्वतन्त्रता कुण्ठित गर्न मिल्छ र भन्दै प्रश्न उठाएका छन् ।
सर्वोच्च अदालतले एक सञ्चारमाध्यममा प्रकाशित समाचारलाई २४ घन्टाभित्र हटाउन आदेश दिएपछि अध्यक्ष लम्सालले सम्मानित अदालतले प्रेस स्वतन्त्रता कुण्ठित गरेको जनाउँदै यस्तो कार्य स्वीकार्य नहुने बताएका हुन् ।
उनले अगाडि भनेका छन्, ‘स्वतन्त्र न्यायालय लोकतन्त्रको आधार स्तम्भ हो भने स्वतन्त्र प्रेस लोकतन्त्रको प्राण ! यी दुबैको सहअस्तित्व र विश्वसनीयतामा नै लोकतन्त्र सबल र सुदृढ़ हुनसक्दछ । मेरो अस्थित्वमाथि प्रश्न उठाईस् भने तेरो अस्तित्व सक्काइदिन्छु भन्ने सोचमा सम्मानित अदालतले प्रेसको स्वतन्त्रता कुण्ठित गर्न मिल्छ ?’
उनले अदालतको उक्त आदेश प्रेसको अस्तित्वलाई नै सकाइदिने किसिमको भएको जनाउँदै उक्त कार्य स्वीकार्य नहुने समेत जनाएका छन् ।

