

जमानत जफत भएपछि रवि भन्छन्, ‘जित्न सकिएन, सिक्न सकियो’

काठमाडौं — इलाममा सम्पन्न उपनिर्वाचनमा लज्जास्पद पराजय भोगेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाममा जित्न नसकेको स्वीकार गरे ।
सामाजिक सञ्जालमार्फत् उनले विजयी उम्मेदवार सुहाङ नेम्बाङलाई बधाई दिँदै कुनै If ,But को सहारा नलिइ सहर्ष पराजय स्वीकार गरेका छन् । इलाममा रास्वपा उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत मात्र ल्याएका थिए । उनको मतले जमानत पनि बचाउन सकेको थिएन ।
उनले अगाडि लेखेका छन्, ‘इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङ जी विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्द्छु। हामीलाई मत दिनु हुने र मत संगै ठुलो संदेश दिनु हुने सबै प्रति आभारी छु। रास्वपा उमेदवार मिलन लिम्बु लगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद। जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै If ,But को सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ।’

