सरकार गठनमा जसपा निर्णायक भएपछि कांग्रेसको पौडेल पक्षले देउवालाई दियो यस्तो सुझाव


काठमाडौं– सरकार गठनमा जनता समाजवादी पार्टी निर्णायक भएपछि नेपाली कांग्रेसको रामचन्द्र पौडेल खेमाले सभापति शेरबहादुर देउवालाई नेतृत्वको पहल लिन सुझाव दिएको छ।

महामन्त्री डा. शशांक कोइरालाको निवासमा भएको पौडेल पक्षको बैठकले सभापति देउवालाई शुक्रबार यस्तो सुझाव दिएको हो। सरकार गठनका विषयमा जसपासँग देउवाले छलफल गर्नुपूर्व पौडेल पक्षको यस्तो सुझाव आएको हो।

नेकपा एमालेसँग मिलेर सरकारमा जाने विषयमा जसपाको विहीबार सहमति भएका विवरण सतहमा आएपछि मौन रहेको कांग्रेसलाई चलायमान बनाउनका निम्ति पौडेल समूहले देउवालाई आग्रह गरेको छ।

प्रतिक्रिया