

इलाम अपडेट: सुहाङले पाए १५ हजार ५६३ मत, डम्बरले १० हजार कटाए

काठमाडौं- इलाम–२ उपनिर्वाचनमा नेकपा एमाले उमेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।
सुहाङले १५ हजार ५६३ मत पाएका छन् । दोस्रो स्थानमा कांग्रेसका उमेदवार डम्बर खड्काले १० हजार ६८ मत पाएका छन् । सुहाङ खड्काभन्दा ५ हजार ४९५ मतले अगाडि छन् ।
त्यस्तै, पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ८६८९ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले २३३१ मत ल्याएका छन् ।
इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो । यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए ।

