इलाम-२ मा आधा मत गन्दा सुहाङ ५ हजार मतले अगाडि


इलाम- इलाम- २ उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार मतको अग्रता लिएका छन् । जारी मतगणनामा नेम्वाङले १३ हजार ९०० मत ल्याउँदै ४ हजार ९८६ मतान्तरले अग्रता लिएका हुन् ।

कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार ९१४ मत प्राप्त गरेका छन् ।  स्वतन्त्रका डकेन्द्रसिंह थेगिम लिम्बू ८ हजार २८५ मत प्राप्त गरेका छन् । मतगणनामा निरन्तर चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बूले १ हजार ९४५ मत प्राप्त गरेका छन् ।

सोमबार अपराह्नसम्म आधा मत गणना भएको छ । यो क्षेत्रमा ६९ हजार २८७ मत खसेकोमा  ३४ हजार २६ सदर मत आएका छन् ।  अझै ३४ हजार हाराहारी मतगणना गर्न बाँकी छ ।

 

 

प्रतिक्रिया