इलाम-२ मा कांग्रेसका खड्का अगाडि


काठमाडौं- इलाम २ को शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन् । उनले एक हजार एक सय ४५ मत ल्याएका छन् ।

उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन् । नेम्वाङले एक हजार ६३ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ मत ल्याएका छन् ।

प्रतिक्रिया