शंखमूलमा भएको आगलागी नियन्त्रणमा


काठमाडौं– काठमाडौंको शंखमुल नजिकै बागमती दोभानमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगो लागेको थियो ।

लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको हो । आगलागी भएपछि अहिले काठमाडौं महानगरको टोली वारुण यन्त्रसहित पुगेको थियो ।

आगलागीबाट मोटरसाइकल वर्कसप, पान पसल, माछा पसल, तरकारी पसल र  टहरा पनि जलेको छ ।

 

प्रतिक्रिया