आजदेखि लगानी सम्मेलन, ५५ देशका लगानीकर्ता नेपालमा


काठमाडौं – आइतबारदेखि ‘इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ सुरु हुँदै छ ।

१ सय ५० वटा परियोजना ‘सोकेस’ मा राख्दै यसअघिका दुई सम्मेलनको निरन्तरताकै रूपमा आयोजना गर्न लागिएको २ दिने तेस्रो लगानी सम्मेलन काठमाडौँमा आयोजना हुने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बिहान औपचारिक उद्घाटन गरेपछि सुरु हुने सम्मेलन सोमबार बेलुकासम्म सञ्चालन हुने छ । उद्घाटन सत्रमा प्रधानमन्त्रीसहित २३ जनाले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनको दुई दिनको अवधिभर नेपालले लगानी भित्र्याउन चाहेका परियोजनाका विषयमा विदेशी र स्वदेशी लगानीकर्तालाई जानकारी गराउने कार्यक्रम राखिएको छ ।

सम्मेलनमा सहभागी हुनका लागि विश्वका विभिन्न ५५ देशका लगानीकर्ताहरु नेपाल आईसकेका छन् ।

प्रतिक्रिया