
कप्तान रोहितको शतकमा नेपालको रोमाञ्चक जित
काठमाडौं- पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित भएको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो ।
नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेले । उनले सर्वाधिक १ सय १२ रन बनाए । उनले ५४ बलमा १० चौका र ६ छक्का हिर्काए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो ।
शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ ।



कागजपत्र |
