दाङमा अदालतका तहसिलदारमाथि बलात्कारको मुद्दा !


दाङ- दाङ जिल्ला अदालतका एक कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ । पीडित महिलाले अदालतकै सरकारी क्वाटरमा बलात्कार गरेको आरोप लगाउँदै अदालतका तहसिलदार निरञ्जन बाबु पाण्डेमाथि जबरजस्ती करणीमा मुद्दा दर्ता भएको हो ।

घोराही उपमहानगरपालिका– १७ की २८ वर्षीया ती महिलाले आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएपछि प्रहरी घटना अनुसन्धानमा जुटेको छ । आरोपी तहसिलदार पाण्डेको दाङ जिल्ला अदालतबाट सरुवा भइसकेको छ ।

यसअघि  ती महिला अदालतकै कर्मचारीलाई बलात्कारको झुटो आरोप लगाएको भन्दै अदालतले तोके बमोजिमको धरौटी रकम तिर्न नसकेपछि केहीदिन जेल चलान भएकी थिइन् ।

प्रतिक्रिया