हरुवालाई पद दिइएको भन्दै गाउँपालिका अध्यक्ष र एमालेबाट राजीनामा दिने घोषणा


पोखरा- स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्षले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

गाउँपालिका अध्यक्षले खिमनारायण मानन्धर सामाजिक संजालमार्फत पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । खिमनारायणले गाउँपालिका अध्यक्ष पदसँगै एमाले हरिनास गाउँपालिका कमिटी अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

हरुवाहरुलाई मात्र पद दिइएको भन्दै उनले सामाजिक संजालमा लेखेका छन्, ‘‘दोश्रो पटक चुनावमा गठबन्धनलाइ पराजित गरि २ पटक जितेको म जस्ता ठेट्नाहरुको पाटीमा कुनै स्थान र मुल्याङ्कन नरहेको कारणले यो पार्टीमा बसिरहन मनले मानेन ।’

 

प्रतिक्रिया