हिमपहिराेपछि गोरखाको वीरेन्द्र तालमा ओभरफ्लो


काठमाडौं- गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिराे खसेको छ ।

पहिराे खसेपछि ताल ओभरफ्लो हुँदा आधा घण्टा तलको कच्ची पुल बगाएको छ ।  बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए ।

ताल भएको क्षेत्रतिर प्रहरी टोली परिचालन भइसकेको  प्रमुख जिल्ला अधिकारी भोला दाहालले  बताएका छन् ।

ताल ओभरफ्लोपछि धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया