एसीसी प्रिमियर कपः फाइनल प्रवेशका लागि यूएईसँग खेल्दै नेपाल


काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

समूह ‘ए’को विजेता नेपाल र समूह ‘बी’को उपविजेता यूएईबीच पहिलो सेमिफाइनलमा भेट भएको हो। यूएई नेपालका लागि चिरपरिचित प्रतिद्वन्द्वी हो। यो खेल शुक्रबार बिहान ११ : ४५ मा सुरु हुँदैछ। नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको हो।

अघिल्लो शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो। तेस्रो खेलमा हङकङमाथि आठ विकेटको शानदार जित दर्ता गरेको नेपालले अन्तिम खेलमा साउदीलाई ६ विकेटले हराएको थियो ।

सेमिफाइनलको दोस्रो भिडन्त आयोजक ओमान र हङकङबीच हुँदैछ। ओमान समूह ‘बी’को विजेता हो भने हङकङ समूह ‘ए’को उपविजेता हो। यो खेल दिउँसो ४:१५ बजे सुरु हुँदैछ।

ओमानले समूह चरणका चारै खेल जितेर अपराजित रहदै समूह ‘बी’को विजेता बनेको भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

प्रतिक्रिया