
एमालेको पनि साथ पाएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीले दाबी पेश गर्दै
कैलाली- सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका हुन् ।
यसअघि एमालेले एकीकृत समाजवादीको नेतृत्व स्विकार गर्ने भने पनि सोडारीबाहेक अन्यलाई मुख्यमन्त्री बनाउनुपर्ने अडान लिएको थियो । तर, अहिले एमाले आफ्नो अडानबाट पछि हटेको हो ।
मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो ।



कागजपत्र |
