नेकपा एसको महाधिवेशन मिति सारियो


काठमाडौं – सत्तारुढ नेकपा एकीकृत समाजवादीको जेठ ३ गतेदेखि गर्ने भनिएको पार्टीको १० औं महाधिवेशनको मिति सरेको छ ।

बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले आन्तरिक तयारी र व्यवस्थापनका विषयमा कतिपय काम बाँकी रहेकाले अधिवेशनको मिति सारिएको स्पष्ट पारे ।

यसअघि नेकपा एसले महाधिवेशन जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया