नेकपा एमाले संसदीय दलको बैठक बस्दै


काठमाडौँ -नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।

आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

साथै संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया