एनआइसी एसिया बैंकको शाखामा तोडफोड, गार्डको बुट र खुकुरी लगे


काठमाडाैं- मुगुमा रहेकाे  एनआइसी एसिया बैंकको शाखा मा तोडफोड भएको छ । गएराति बैंकको मुल ढोका फोडेर एकजनाले सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लगेर गएकाे प्रहरीले जनाएको छ।

बैंकको सिसी क्यामरामा ती व्यक्तिले ढोका फोर्ने र जुत्ता खुकुरी चोर्नेबाहेक अन्य कुनै क्षति गरेकाे देखिएकाे छैन ।  बैंकमा एकजना मात्र सुरक्षाकर्मी भएको र उनकाे ड्यूती राति ८ बजेसम्म मात्र भएकोले त्यही मौका छोपी अज्ञात व्यक्तिले बैंकको मुल ढोका फोरेको देखिन्छ।

प्रहरीका अनुरसार बैंकको ढोका फोरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिने व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको जस्तो देखिने एक युवा भएको र उनकाे खोजी भइरहेको छ ।

 

प्रतिक्रिया