प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची


काठमाडौँ- प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकको सुरुवातमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरूबाट टेबुल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

बैठकअघि नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ८ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने छ । बैठकमा सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया