आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना


काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी  प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै र बाँकी  पहाडी भूभागको एक–दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, गण्डकी र  कर्णाली प्रदेशको पहाडी भूभागका  एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र  कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया