आलमको मुद्दा वैशाख ३ गतेको पेसीमा


काठमाडौं- कांग्रेस नेता मोहमद अफताब आलम लगायत  विरुद्ध दायर भएको मुद्दाको पेसी आगामी वैशाख ३ गतेका लागि तोकिएको छ । रौतहट जिल्ला अदालतले आगामी वैशाख ३ गतेदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइको तयारी गरेको हो ।

रौतहटको राजपुर बमकाण्डका आरोपित आलमको मुद्दाको पेसी आगामी वैशाख ३ गतेका लागि तोकिएको रौतहट जिल्ला अदालतका श्रेष्तेदार उद्धवप्रसाद ढोडारीले जानकारी दिए ।

२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटमा बम बनाउँदै गर्दा  भएको विस्फोटमा परी घाइते भएका त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँलाई आलमले घाइते अवस्थामै इटाभट्टामा जिउँदै जलाएको आरोप लागेको छ ।

प्रतिक्रिया