भेडीगोठमा आगलागी हुँदा हुम्लामा एक जनाको मृत्यु


हुम्ला- हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ ।

गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडीगोठमा बुधबार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।

हावाहुरीका कारण आगलागी भएको निरीक्षक चन्दले बताए । अहिले शव आफन्तको जिम्मा लगाइएको छ । भेडीगोठको आगलागीमा परेर ६० वटा भेडासमेत मरेको उनले बताए ।

प्रतिक्रिया