

बोधिचित्तको रूख काटेपछि राखिएका सकेट बम ‘डिस्पोज’

काभ्रे- काभ्रेको रोसीस्थित एक घरमा फेला परेको चारवटा सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज)पारेको छ ।
गएराति रोसी गाउँपालिका-५ नागबेलीका ठाकुरानी तामाङको घरमा अपरिचित समूहले राखेको बम नेपाली सेनाको टालीले शुक्रबार निस्क्रिय पारेको प्रहरीले जनाएको छ ।
राति झण्डै २० जनाको समूहमा गएका व्यक्तिले तामाङको बगैँचाको एउटा बोधिचित्तको रुख पनि काटेका थिए।
उनीहरुले वार्षीक करोडौँ रुपैयाँ आम्दानी दिने बोधिचित्तको रुख काटेका प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

