बैंगलुरुमाथि मुम्बईको सहज जित, आज को-को भिड्दैछन् ?


काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा मुम्बईले बैंगलुरुलाई ७ विकेटले पराजित गरेको हो ।

बैंगलुरुले दिएको १९७ रनको लक्ष्य पछाएको मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि बैंगलुरुले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

जारी आइपिएलमा मुम्बईको यो दोस्रो जित हो । ५ खेलमा २ जित र ३ हार बेहोरेको मुम्बईको ४ अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ ।

त्यसैगरी रोयल च्यालेन्जर्स बैंगलुरुको यो पाँचौं हार हो । ६ खेलमा एक जित हासिल गरेको बैंगलुरुले ५ हार बेहोरेको छ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज लखनउ सुपर जाइन्ट र दिल्ली क्यापिटल्सबीच खेल हुदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा अहिलेसम्म लखनउले ४ खेलमा ३ जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यसैगरी दिल्लीले भने अहिलेसम्म खेलेका ५ खेलमा एक जित मात्र हासिल गरेको छ भने ४ खेलमा हार बेहोरीसकेको छ ।

 

प्रतिक्रिया