

हाजिरी जमानीमा छुटे नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुख

काठमाडौं- वीरगञ्जको नेशनल मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह रिहा भएका छन् । म्याद गुज्रिएका सामग्री प्रयोग गर्ने गरेको गुनासो आएपछि अनुसन्धान थालेको प्रहरीले चैत २६ गते कलेजमा छापा मार्दै उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदातल पर्साले २ दिनको म्याद दिएर अनुसन्धानका लागि अनुमति दिएको थियो । बुधबार उनीहरु दुवैलाई हाजिरी जमानीमा छाडिएको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

