सरुवा माग्ने महिला शिक्षकलाई ‘सेक्स प्रपोज’ !


मोरङ- मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखाका अधिकृत वेगबहादुर काफ्लेले एक महिला शिक्षिकालाई सेक्सको प्रस्ताव राखेका छन् ।

शिक्षा शाखाका अधिकृत काफ्लेले कानेपोखरी गाउँपालिका क्षेत्रका प्रावि तहका शिक्षिकालाई सेक्सको प्रस्ताव राखेका हुन् । अघिकृत काफ्लेले ती शिक्षिकालाई घर पाएक सरुवा गरेवापत सेक्सको प्रस्ताव राखेका थिए । ३ वर्षअघि प्रावि तहमा नाम निकालेका शिक्षिका अर्को जिल्लामा शिक्षण गर्दै आएकी थिइन् ।

उनीले शिक्षण सेवा गरेको दुई वर्षपछि घरपाएक सरुवा मिलाउन खोज्दा अघिकृत काफ्लेले काम सम्पन्न हुनु अघि नै सेक्सको प्रस्ताव राखेको थिए । अधिकृत काफ्लेले फेसबुकको मेसेन्जरमा सेक्सको प्रस्ताव राख्दै आएका थिए ।

साेही विषया बाहिर आएपछि नेपाल शिक्षक महासंघले खेद प्रकट गरेको छ ।  नेपाल शिक्षक महासङ्घ जिल्ला समिति मोरङका अध्यक्ष कुमार पोखरेल र सचिव प्रेमप्रकाश कोइरालाले एक विज्ञप्ति प्रकाशित गर्दै काफ्लेलाई कानुन बमोजिम कारबाही गर्न कानेपोखरी गाउँपालिका तथा अन्य सम्बन्धित निकायमा ध्यानाकर्षण पनि गराएको छ ।

‘मोरङ जिल्ला कानेपोखरी गाउँपालिकाका शिक्षा अधिकृत बेगबहादुर काफ्लेले शिक्षकले जिल्लान्तर सरुवाको सन्दर्भमा एक महिला शिक्षकसँग शारीरिक सम्बन्धको प्रस्ताव राखेको विषय उल्लेख भएको सामाजिक सञ्जाल म्यासेन्जर च्याटका स्क्रिनसटसहित सम्बन्धित महिला शिक्षकबाट नेपाल शिक्षक महासङ्घ जिल्ला समिति मोरङमा प्राप्त भएको निवेदनमा उल्लेख भएको घटनाप्रति नेपाल शिक्षक महासङ्घ मोरङको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ  ।

उचित छानबिन गरी दोषी ठहरिए प्रचलित कानुन बमोजिम कारबाही गर्नसमेत महासङ्घले माग गरेको छ ।

प्रतिक्रिया