सामुदायिक वनमा चियाखेती
म्याग्दी- जिल्लाको बेनी नगरपालिका-२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ ।
सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रूपमा गरेको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य खिमबहादुर मल्ल ठकुरीले जानकारी दिए ।
समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रूपमा लगाइएको थियो । ती बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रूपान्तरण भएको छ ।
‘हामीले परीक्षणको रूपमा लगाएका बिरुवाले यो वर्षदेखि उत्पादन दिएका छन्’, उनले भने, ‘चिया खेती निकै राम्रो भएको छ । आगामी दिनमा बिरुवा थप्ने योजनामा छौँ । गौश्वारा गाउँ शीतोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जौविक विविधताले सम्पन्न नमुना गाउँ हो ।