

नागरिक एपमा भएको स्वास्थ्य बीमा परिचयपत्र देखाएर सेवा लिन सकिने

काठमाडौं- नागरिक एपमा रहेको स्वास्थ्य बीमा परिचयपत्र देखाएरै औषधोपचार सेवा लिन सकिने भएको छ । नागरिक एपले सेवाग्राहीको सहजताका लागि यस किसिमको व्यवस्था गरिएको जनाएको छ ।
नागरिक एपमा भएकाे परिचयपत्र परिचयपत्र स्वास्थ्य संस्थाहरूमा देखाएरै स्वास्थ्य सेवा लिन सकिने व्यवस्था देशव्यापी रूपमा कार्यान्वयनमा आएको हो ।

