‘रास्वपाले मागे जस्तो २०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति छानबिन गरौँ’


काठमाडौं-  कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समितिको माग गरिरहेको छ ।

कांग्रेसले आफ्नो पुरानै अडान संसदीय छानबिन समितिको माग उठाउँदा उ रास्वपाले भने नयाँ माग उठायो- ‘०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग ।’

रास्वपा उठाएको उक्त मागको कांग्रेसले पनि समर्थन गरेको छ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक अपिल गर्दै रास्वपाको माग अनुसार २०४७ यता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भने- ‘सम्माननीय @PM_nepal_ लाई सार्वजनिक अपील ! १) विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर `उच्चस्तरीय छानबिन समिति´को माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौँ । २) सहकारी ठगिबारे `संसदीय छानबिन समिति´ गठन गरौँ !’

प्रतिक्रिया