उपचुनाव हुने क्षेत्रमा ३ दिन विद्यालय बन्द हुने


काठमाडौं- उपनिर्वाचन हुने इलाम-२ र बझाङ-१ मा विद्यालय बन्द गरिने भएको छ ।

निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गरेको छ । यसका लागि १३ र १४ गते दुई दिन विद्यालयमा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ ।

निर्वाचन हुने क्षेत्रमा मतदानको दिन पनि बिदा हुनेछ । त्यसैले इलाम क्षेत्र नम्बर-२ र बझाङ प्रदेश सभा-१ मा ३ दिन विद्यालय बन्द हुनेछ ।

प्रतिक्रिया