राप्रपा प्रदर्शनः ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा


काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेको प्रहरीको भनाइ छ ।

झडपका क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया