

राप्रपाको प्रदर्शनमा झडप

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ।
निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो । प्रदर्शनकारी र प्रहरीबीच केही समय झडप समेत भएको थियो । प्रहरीले केही प्रदर्शनकारी पक्राउसमेत गरेको छ ।
संवैधानिक राजतन्त्रका पुन:स्थापनासहित संघीयता र धर्मनिरपेक्षताका खारेजीको माग राख्दै राप्रपाले आज काठमाडौंमा जनप्रदर्शन गरेको छ । राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बुँदे माग गर्दै आन्दोलनको घोषणा गरेको थियो ।

