भोलिदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन


काठमाडौं– नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन हुने भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी भाेलि चैत २८, २९ र ३० गते शिखर सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।

दिगो विकास लक्ष्य हासिल हुने गरी स्वास्थ्य क्षेत्रको रणनीतिक योजनालाई अझै प्रभावकारी बनाउनका लागि आवश्यक धारणा तय गर्न सो शिखर सम्मेलन आयोजना गरिएको परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिए। सम्मेलनले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले भने,‘दिगो विकास लक्ष्य हासिल गर्नका लागि हामीले नाराहरु बनाएर त्यसैअनुसार सहभागीहरु प्रस्तुत हुने र त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा एउटा पोलिसीका लागि निष्कर्षहरु निकालेर भोलिको दिनमा त्यो कुरा स्वास्थ्य मन्त्रालयमा पेश गरेर स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा अझ टेवा पुगेर सो शिखर सम्मेलन हुँदै छ।’

राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने सो शिखर सम्मेलनमा देश तथा विदेशबाट गरी करिब १ हजारभन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येता सहभागिता रहने पनि सो परिषद्ले जनाएको छ।

तीन दिनसम्म चल्ने सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने डा जोशीले बताए । सम्मेलनमा विभिन्न १० वटा विधामा अवार्डहरू प्रदान समेत गरिने छ ।

 

प्रतिक्रिया