

नेशनल मेडिकल कलेजमा छापा, एमडी अंसारी र ल्याब टेक्निसियन पक्राउ

काठमाडौं- वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ ।
नेसनल मेडिकल कलेजका सञ्चालकसमेत रहेका म्यानेजिङ डाइरेक्टर (एमडी) सानबास अन्सारी र ल्याब प्रमुख सञ्जय शाह पक्राउ परेका हुन् ।
म्याद सकिएका औषधि बिक्री–वितरण गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सोही क्रममा सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशाला (ल्याब) मा महानगरका बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य कन्हैया ठाकुरको नेतृत्वमा खटिएको अनुगमन टोलीले छापा मारेकाे हो ।

