सिरहामा हतियार देखाएर दिनदाहाडै १५ लाख लुटियो


सिराहा- सिराहामा हतियार देखाएर दिनदाहाडै  मनि ट्रान्सफरको रकम लुटिएको छ । सिराहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको हो।

भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोबल आईएमई बैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खालि चेक र मोबाइल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाले  घटनाबारे थप अनुसन्धान भइरहेको बताएकाे छ ।

प्रतिक्रिया