जापानमा नेपाली विद्यार्थी बेपत्ता


काठमाडौं- जापानमा अध्ययनरत एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् । मकवानपुरको मकवानपुरगढी स्थायी घर भएका   गोबिन्द सापकोटा एक हप्तादेखि जापानमै सम्पर्कविहीन भएका हुन् ।

जापानको क्योटोस्थित ‘आईएसआई भाषा स्कुल’मा अध्ययन सकाएर सापकोटा नागानोस्थित ‘नागानो बिजनेस ल्यांग्वेज कलेज (एनबीएल)’मा स्थानान्तरण गर्न २९ मार्चमा हिँडेका थिए । तर, ३० मार्चदेखि कसैको सम्पर्कमा नआएको परिवारले जनाएको छ ।

सापकोटाको मोबाइल पनि बन्द रहेको र हराएदेखि नै सामाजिक सञ्जालहरुमा पनि उनी निष्क्रिय रहेको बताइएकाे छ ।

परिवारजनले सापकोटाको खोजी र आवश्यक पहलका लागि जापानस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ र नेपाली समुदायसँग याचना गरेका छन् ।

प्रतिक्रिया