

प्रमाणपत्र तहका कार्यक्रम चलाउन यी २२ कलेजलाई आशयपत्र दिइँदै

काठमाडौं- चिकित्साशिक्षा आयोगले प्रमाणपत्र तह कार्यक्रमका लागि २२ कलेजलाई अनुमति दिने प्रक्रिया अघि बढाएको छ । आयोगले नयाँ निजीसहित पुराना कलेजलाई पीसीएलका निम्ति आशयपत्र दिने निर्णय गरेको हो ।
१५ निजी लगानीका कलेजलाई नर्सिङ तथा फार्मेसी र तीन निजी संस्थालाई सामान्य चिकित्सा तथा ल्याब टेकिन्सियन कार्यक्रमका निम्ति आशयपत्र दिन लागिएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ लागु भएयता १०० बेडको अस्पताल नभएका कारण निजी क्षेत्रबाट सञ्चालित १०९ मध्ये ७८ पीसीएल नर्सिङ कार्यक्रम बन्द भएका थिए ।

